फागुन १२,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की चर्चित नेतृ एवं काठमाडौं क्षेत्र नं. १ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्रलाभ भएको छ। आगामी निर्वाचनको मतदान हुन मात्र ९ दिन बाँकी छँदा उनले पुत्ररत्न प्राप्त गरेकी हुन्।

निर्वाचनको अन्तिम र निर्णायक घडीमा पुगेका बेला रञ्जुलाई प्राप्त यो सन्देशले उनका समर्थक र शुभचिन्तकहरूमा उत्साह थपेको छ।

चुनावी प्रचारप्रसार र घरदैलोको तीव्र व्यस्तताबीच प्राप्त यो पारिवारिक सुखलाई धेरैले ‘शुभ संकेत’का रूपमा टिप्पणी गरिरहेका छन्।

मतदानको मुखैमा आमा बनेकी रञ्जुलाई रास्वपाका नेता, कार्यकर्ता र सर्वसाधारणले सामाजिक सञ्जालमार्फत बधाई दिँदै “नयाँ सदस्य र चुनावी सफलताको” दोहोरो शुभकामना दिइरहेका छन्। उनि र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

सानै उमेरमा काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेर चर्चामा आएकी रञ्जु हाल काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको दौडमा छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय