साउन१५,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अबदेखी हरेक हप्ता खुल्ला भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपाले देश र नागरिकसँग सम्बन्धित बिभिन्न बिषयहरूमा सार्वजनिक छलफल गर्ने उदेश्यले भोली शुक्रवार देखि केन्द्रिय कार्यालय वनस्थलीमा साप्ताहिक भेटघाट कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
कार्यक्रम हरेक शुक्रवार अपरान्ह ४ बजेदेझी साँढे ६ बजेसम्म साँढे २ घण्टासम्म चल्ने प्रवक्ता मनिष झाले जानकारी दिए।
जनतामाझ पुग्ने, कुरा सुन्ने, उत्तरदायि बन्ने र सहभागिता मुलक लोकतान्त्रिक अभ्यास गर्ने उद्देश्यले यो साप्ताहिक भेटघाटको अभ्यास गर्न लागिएको प्रवक्ता झाको भनाई छ।



