साउन१७,हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एकजना पुरुषले प्यारालाईसिस भएकी आफ्नी श्रीमतीको हत्या गरेका छन्।
गाउँपालिकाको वडा नम्बर-५ बुङदोलस्थित ससुराली घरमा बस्दै आएका ४५ वर्षिय मानबहादुर शिवभक्तीले ४० वर्षिया आफ्नि श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज (शनिवार) विहान ६ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी मानबहादुरले श्रीमतीको हत्या गरेका हुन्।
श्रीमतीको हत्या गरि मानबहादुर स्वंय विहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय,हेटौंडामा आई घटनाका बारे बताएका थिए।
मानबहादुरले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा श्रीमती दुर्गा प्यारालाईसिसको बिरामी रहेकोले हिँडडुल गर्न नसक्ने अवस्थाका कारण आफु तनावमा आई उनको घाँटि थिचि हत्या गरी आफुसमेत झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरीको सम्पर्कमा आएको बताएका छन्।
प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र तत्काल घटनास्थलमा अस्थायी प्रहरी पोष्ट धादिङ, मकवानपुरबाट प्रहरी टोली खटी गई घटनास्थल सुरक्षीत राखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
‘दुर्गालक्ष्मीको शव ओछ्यानमा उतानो अवस्थामा रहेको तथा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिश्वमभरनाथ साह र ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा अनुसन्धान टोली खटी गएको डिएसपी अर्यालले बताए।




