साउन१९,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का वडाध्यक्ष सविन न्यौपानेलाई दुर्व्यवहार गर्ने एकजना डेढ महिनापछी पक्राउ परेका छन्।

वडाध्यक्ष न्यौपानेलाई अपमानजनक एवं अमानवीय व्यवहार गरि फरार रहेका मनहरी गाउँपालिका-२ का “नेप्टे” भनिने विजय थिङ लामालाई आईतवार हेटौंडा-८ स्थित कमानेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थिङलाई जिल्ला अदालत हेटौंडाबाट ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तीहरुको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

घाईते वडाध्यक्ष न्यौपाने।

वडाध्यक्ष न्यौपानेलाई गत असार ४ गते अज्ञात समूहले कार्यालयमै प्रवेश गरि कालो मोसो दल्नुका साथै आक्रमण समेत गरेको थियो।
घटनामा वडाध्यक्ष न्यौपाने सामान्य घाईते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय