असोज१२,काठमाडौं। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।
सीआईबीबाट खटिएको टोली र स्थानीय प्रहरीको सहयोगमा केहिबेर अघि जावलाखेलस्थित राणाको घरमा प्रहरीले घेराबन्दी गरेर सामानहरू खानतलासी र बरामद गर्ने काम भइरहेको बताईएको छ ।

आरजुले गर्ने कतिपय डिलमा भूषण प्रतिनिधिको रुपमा खटिने गरेको आरोप लाग्ने गरेको थियो ।




