कार्तिक१,हेटौंडा।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिवार मकवानपुरका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गरेका छन्। नेपालले हेटौंडा–४ भैरवरोडस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटेका हुन्।

सो अवसरमा अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई चुनावको तयारी गर्न निर्देशन दिए।

उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा अन्य शक्तिहरुले घुसपैठ गरी देशका अत्यन्त महत्वपूर्ण संरचनाहरुमा आगजनी, तोडफोड र मानिस मार्ने काम भएको भन्दै निन्दा गरेका थिए।

“जेनजी आन्दोलनमा कलिला विद्यार्थी र प्रहरीहरुले ज्यान उत्सर्ग गरे, ती सबै शहीदहरुप्रति श्रद्धा व्यक्त गर्दछु, जेनजीहरुका जायज माग पूरा हुनुपर्छ।” उनले भने।

केपी ओलीको घमण्डले देशमा विषम् परिस्थिति सिर्जना भएको दाबी गर्दै देशलाई यस्तो अवस्थामा पुर्याउँदा पनि ओलीको दम्भ नघटेको उनको धारणा थियो।

नेपालले पार्टी एकताको सवालमा भने मसिनो ढंगले गृहकार्य भइरहेको बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिट्ब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादव गजुरेल, प्रदेश सदस्य माधव तिमल्सिना,मकवानपुर जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेल,सचिव किशोर बर्तौला र युवा नेता किशोर टण्डनलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय