कार्तिक१५,हेटौंडा। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।
धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमान बीच बाटोमै हाइड्रोलिक फेलियर भएपछि सुरक्षित अवतरणका लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको हो ।

हाइड्रोलिक फेल भएका कारण विमान रन वेबाट गुड्न नसकेपछि करिब ४० मिनेट विमानस्थलका अन्य उडानहरू अवरुद्ध हुन पुगेका विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।
आकस्मिक अवतरण भएपछि चालक दलका सदस्य र ८२ जना यात्रुहरु सकुशल छन् ।उनीहरुलाई लिन काठमाडौंबाट अर्को विमान गएको छ।




