कार्तिक२१,हेटौंडा।मकवानपुरको बकैया गाउँपालिका-११लेनडाँडास्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ।

बाराबाट परालको भुस बोकी काठमाण्डौंतर्फ जाँदै गरेको मधेश प्रदेश०३-००२ ख १३६५ नम्बरको मिनि ट्रक आज विहान पौने ५ बजे चिप्लिएर अनियन्त्रित भई बिच बाटोमै पल्टिँदा बाटो पुर्णरुपमा अवरोध भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षती भएको छैन।

बाराको कोल्हवी नगरपालिका-४ घर भएका ट्रक चालक २४ वर्षिय समीर तामाङ प्रहरीको सम्पर्कमा रहेका र बाटोबाट उक्त ट्रक हटाउन क्रेनसँग समन्वय गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय