कार्तिक२६,हेटौंडा।गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा हेटौंडास्थित वागमती प्रदेशसभा सचिवालय भवन,जिल्ला ट्राफिक प्रहरी कार्यालय,मकवानपुर तथा वागमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलको हेटौंडा-११ नवलपुरस्थित घरमा आगजनी र तोडफोड गर्ने ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

मूख्यमन्त्री पौडेलको घरमा आगजनी र तोडफोड गर्ने स्थानिय वर्ष ३६ का सुजन अधिकारी र वर्ष ३५ का सुरेन्द्र राना मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार पूर्व मूख्यमन्त्री पौडेलका छोरा सुशील पौडेलले दिएको जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो।

त्यसैगरी,वागमती प्रदेशसभा सचिवालयको भवन तथा ट्राफिक प्रहरी कार्यालय भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका सर्लाहीको बरहथवा नगरपालिका-१ बस्ने वर्ष २७ की पुनम ठाकुर,वर्ष २७ का प्रमोद महतो र हेटौंडा-८ बस्ने वर्ष ४३ का सागर घताने भनिने रोमबहादुर घतानेलाई पनि नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको डिएसपी बोगटीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय