मंसिर,१३ हेटौंडा।जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार,सुनधाराबाट भागेका एक कैदीले चोरी गरी बेचेको मोटरसाइकल सहित १ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१५ भोर्ले बस्ने २१ वर्षिय अभिषेक वाईबा छन्।

वाईबाले चलाउँदै गरेको बा४०प ४२९५ नम्बरको मोटरसाइकल हेटौंडा-७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले चेकजाँचका क्रममा कागजपत्र केही नपाईएपछी नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकल भोर्लेका २६ वर्षिय राजेश खातीले बिक्री गरेको खुलेको थियो।

कारागारबाट भागेका खाती भने पुन: पक्राउ परी हाल कारागारमै रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय