मंसिर१८,काठमाडौं।पुर्वमन्त्री आरजु राणा देउवा,रमेश लेखक अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतका १० जना व्यक्तिहरुलाई ज्यान मार्ने धम्की आएको छ।
एक समूहले १० जना विशिष्ट व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ।
ज्यानमार्ने धम्की दिएसँगै प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा पार्न मातहतका सुरक्षा निकायमा सर्कुलर जारी गरेको छ।
काठमाडौँ जिल्ला प्रहरी प्रवक्ता पवन भट्टराईले ज्यान मार्ने धम्की आएसँगै सुरक्षा व्यवस्था कडा पारिएको जनाएका छन्।
“केही दिनदेखि निरन्तर धम्की आइरहेकाले सुरक्षा व्यवस्था कडा पार्न सर्कुलर जारी छ।” उनले भने।
केहीदिन अगाडी १० जना विशिष्ट व्यक्तिहरूको नामै तोकेर ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशित भएपछि प्रहरी हाई अर्लटमा रहेको भट्टराईले जानकारी दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपालबहादुर खड्का, पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजु राणा देउवा पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की आएको बताईएको छ।



