मंसिर २६,हेटौंडा।सर्वोच्च अदालतले हेटौंडा बजार क्षेत्रको सडक विस्तारसम्बन्धी मुद्दाको सबै मिसिल झिकाउन आदेश दिएको छ।

आज भएको बहसपछि न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मुद्दासँग सम्बन्धित सबै निर्णय तथा फाइल मगाउन आदेश दिएको हो।

डिभिजन सडक कार्यालय हेटौंडाको निर्णयविरुद्ध रास्वपाकी पूर्वसांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले गत मंसिर १६ गते रिट दायर गरेका थिए।

उक्त रिटमाथि सर्वोच्चले मंसिर १९ मा उत्प्रेषण आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा सहभागी हुन निर्देशन दिएको थियो।

सर्वोच्चले पुस २ गतेका लागि अर्को पेसी तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय