मंसिर २९,काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेलको प्यानलमा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ।
यस्तै उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ।
यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।
नेतृत्व चयनको लागी मंगलवार निर्वाचन हुने तय गरिएको छ।



