पुस २,काठमाडौं ।नेकपा एमालेको ११ औं महाधिवेशनमा आज मतदान भइरहेको छ।बिहान सवा ९ बजेदेखि मतदान सुरू भएको थियो। दिउँसो सवा २ बजेसम्म ५३२ जनाले मतदान गरेका पार्टी निर्वाचन आयोगले जानकारी दिएको छ।
महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधिले मतदान गर्नेछन्। विद्युतिय मेशिनमा मतदान गर्नुपर्ने भएकोले एकजनालाई मतदान गर्न २५ देखी ४० मिनेटसम्मको समय लाग्ने गरेको छ।
एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने र लगत्तै गणना गर्ने जनाएको छ।
अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको हो।केही सदस्यहरु भने निर्विरोध निर्वाचित भैसकेका छन्।



