पुस १७,काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
प्रकाशित सूचना अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ।
त्यस्तै, आन्तरिक तर्फको हवाइ इन्धनमा ६ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।




