पुस २८,निजगढ।बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न साधारण सभामा एकाई भेलामा प्रस्तुत भई पारित भएको निर्णय संस्था सचिव प्रकाश सापकोटाले सार्वजनिक गरेका थिए ।
संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव प्रकाश सापकोटा, स्वागत उपाध्यक्ष टुकबहादुर तिमल्सिना र धन्यवाद ज्ञापन भोलाप्रसाद ढुङ्गाना साजनले गरेका थिए ।
सामुहिक रुपमा तालि बजाएर उद्घाटन गरिएको साधारण सभामा पूर्व अध्यक्ष, पूर्व सञ्चालक, पूर्व लेखा समिति संयोजक र सदस्यहरुको आतिथ्यता रहेको थियो।
साधारण सभामा पूर्व अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक थानेश्वर सापकोटा, पूर्व अध्यक्ष टिकाराम तिमल्सिना, सुजल डेरी पोखराका मार्केटिङ प्रमुख गजेन्द्र वस्ती, संस्थाका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाईं, सेवा शुभारम्भ सहकारी संस्था निजगढका अध्यक्ष मणिश्वर घिमिरे, हिमचुली साना किसान कृषि सहकारी संस्था लिमिटेड निजगढकी अध्यक्ष दुर्गा घिमिरे कोइराला, पूर्व सञ्चालक कृष्णप्रसाद चौलागाईंलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व सञ्चालकहरू तारानाथ चौलागाई, गोविन्दप्रसाद घिमिरे, कृष्णप्रसाद चौलागाईं, देवीप्रसाद चौलागाई, गोविन्द सापकोटा, विष्णुप्रसाद गौतम, तेजप्रसाद गौतम, बैजुप्रसाद पौडेल, शिव नेपाल, रामेश्वर अधिकारी, घनश्याम तिमल्सिना, लोकनाथ चौलागाई लगायत सहभागी थिए ।
साधारण सभाको अवसरमा दुई वटा सहकारी संस्थालाई अन्तरसहकारी कारोबार सम्मान प्रदान गरिएको छ । निजगढ–९ स्थित सेवा शुभारम्भ साकोस र हिमचुली साना किसान कृषि सहकारी संस्थालाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा सम्मानित संस्थाका अध्यक्ष, सञ्चालक र व्यवस्थापक लगायत सहभागि थिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान राजकुमार पराजुलीलाई प्रदान गरिएको छ भने संस्थाले तीन जना उत्कृष्ट दुग्ध कृषकलाई पनि सम्मान गरेको छ।
सम्मानित हुनेमा रामप्रसाद हुमागांई, कोपिला आले मगर र बकैया ठाकुर पशु फार्म रहेका छन्।
यसैविच बागदेव दुग्ध उत्पादक सहकारी र सेवा शुभारम्भ साकोसविच कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ ।
साधारण सभामा बागदेवका अध्यक्ष थानेश्वर सापकोटा र सेवा शुभारम्भका अध्यक्ष मणिश्वर घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्तान्तर कार्यक्रममा सेवा शुभारम्भका सञ्चालक भिमप्रसाद सापकोटा र व्यवस्थापक विवेक ठाकुरको समेत उपस्थिति रहेको थियो ।




