माघ २२,चितवन।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने भोलि (शुक्रबार) आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा हुने ‘जनसम्पर्क तथा घन्टी अभिवादन’ कार्यक्रममा सहभागी हुने भएका छन्।
निर्वाचनको सरगर्मी बढिरहेका बेला लामिछानेले भोलि माघ २३ गते भरतपुर महानगरपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र साक्षात्कार गर्ने कार्यक्रम तय भएको हो।
भोलिको विस्तृत कार्यक्रम तालिका:
भोलि बिहान ९:३० बजे भरतपुर महानगरपालिका वडा नम्बर ११, शान्तिटोलस्थित एक निजी निवासमा आयोजना गरिएको घरपुजा कार्यक्रममा सरिक भई लामिछानेले आफ्नो कार्यतालिका सुरु गर्नेछन्।
त्यसपछिको समय उनले विभिन्न वडाका सम्पर्क कार्यालयहरूमा कार्यकर्ता तथा मतदाता भेटघाटका लागि छुट्याएका छन्:
- मध्याह्न १२:३० बजे: वडा नम्बर ३, गुराँस मार्ग (बेल्चोक) स्थित सम्पर्क कार्यालयमा भेटघाट।
- दिउँसो २:०० बजे: वडा नम्बर ४, धर्मचोकस्थित सम्पर्क कार्यालयमा भेटघाट।
- दिउँसो ३:३० बजे: वडा नम्बर ५, शान्तीचोकस्थित सम्पर्क कार्यालयमा भेटघाट।
- साँझ ५:०० बजे: वडा नम्बर ७, स्कुल चोक (कृष्णपुर) स्थित सम्पर्क कार्यालयमा मतदाताहरूसँग अन्तरक्रिया।
लामिछानेले यसअघि नै चितवनलाई आफ्नो कर्मथलो बनाउने र जनताका समस्यालाई नजिकबाट बुझ्ने बताउँदै आएका छन्। भोलिको यस कार्यक्रमले स्थानीय स्तरमा पार्टीको संगठन सुदृढीकरण र चुनावी माहोललाई थप उर्जा दिने रास्वपा चितवनले जनाएको छ।



