फागुन ४,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले देशका प्रमुख सहरहरूमा संयुक्त जनसम्बोधन गर्ने भएका छन्। ‘जनताको आवाज, रास्वपाको साथ’ भन्ने मूल नाराका साथ फागुन ६ गते सुदूरपश्चिमको धनगढीबाट यो विशेष अभियानको सुरुवात हुन लागेको हो।
पार्टीका अनुसार, फागुन १० गते सम्म दुवै शीर्ष नेताहरूले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा आयोजना हुने विशाल जनसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
१. सुदूरपश्चिम प्रदेश (धनगढी):
- मिति: फागुन ६ गते
- स्थान: धनगढी (संयुक्त सम्बोधन)
२. कर्णाली प्रदेश (सुर्खेत):
- मिति: फागुन ७ गते
- स्थान: घण्टाघर चोक, सुर्खेत
- सम्पर्क: दीपक लामिछाने (Ground Team संयोजक) – ९८५-८०७२३४५
३. लुम्बिनी प्रदेश (रुपन्देही):
- मिति: फागुन ९ गते
- स्थान: भैरहवा प्रदर्शनीस्थल, अञ्चलपुर
- सम्पर्क: सन्तोष गिरी (Ground Team संयोजक) – ९८५-१२२५६८५
४. गण्डकी प्रदेश (कास्की):
- मिति: फागुन १० गते
- स्थान: अमरसिंह चौर, पोखरा
- सम्पर्क: नवीन त्रिपाठी (Ground Team संयोजक) – ९८४६१५६०७५
रास्वपाले यी सभाहरू मार्फत आफ्ना भावी योजना र राजनीतिक मार्गचित्रबारे जनतालाई प्रत्यक्ष जानकारी गराउने बताएको छ। सबै कार्यक्रम स्थलहरूमा तयारी तीव्र पारिएको र सम्बन्धित प्रदेशका ग्राउण्ड टिम संयोजकहरूले व्यवस्थापनको जिम्मा लिएका छन्।
पार्टीले यी सबै सभाहरूमा आम नागरिक, शुभेच्छुक तथा समर्थकहरूलाई उपस्थित हुन हार्दिक निमन्त्रणा समेत गरेको छ।




