फागुन ५,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौँ क्षेत्र नं. ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्।

मंगलबार सार्वजनिक गरिएको वाचापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।

​वाचापत्रका मुख्य बुँदाहरू:

  • ​सुशासन र भ्रष्टाचार नियन्त्रण: भ्रष्टाचारमा शून्य सहनशीलता, वडा-वडामा खबरदारी टोली गठन र महिनामा एक पटक क्षेत्रगत सार्वजनिक सुनुवाइ गर्ने प्रतिबद्धता।
  • ​पूर्वाधार र वातावरण: कलंकी–नागढुंगा र सीतापाइला–भीमढुंगा क्षेत्रलाई ‘हरित कोरिडोर’ बनाउने, ‘नो हर्न’ पोलिसी कडाइ गर्ने र मेलम्चीको खानेपानी वितरणलाई व्यवस्थित बनाउने।
  • ​स्वास्थ्य र शिक्षा: सबै वडामा २४सै घण्टा स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक र विपन्नलाई निःशुल्क उपचार तथा स्थानीय अस्पतालमा ट्रमा सेन्टरको व्यवस्था।
  • ​सम्पदा र संस्कृति: नेवाः संस्कृतिको डिजिटल अभिलेखीकरण र मौलिक घर निर्माण गर्नेलाई नक्सा पासमा सहुलियत दिने नीति।
  • ​रोजगारी र पर्यटन: टुरिस्ट सटल बस सञ्चालन, व्यावसायिक तालिम केन्द्रको स्थापना र वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रशिक्षकका रूपमा उपयोग गर्ने।
  • ​मुआब्जा र जग्गा व्यवस्थापन: सडक र हाइटेन्सन लाइनबाट प्रभावितलाई मुआब्जा दिलाउन पहल गर्ने र सुकुम्बासी समस्याको नियमसंगत समाधान गर्ने।

​श्रममन्त्रीको रूपमा आफ्नो अनुभवलाई प्रयोग गर्दै क्षेत्र नं. ९ लाई देशकै नमुना क्षेत्र बनाउने संकल्पका साथ अर्यालले ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय