फागुन ६,निजगढ।निर्वाचनको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बारा क्षेत्र नं. १ मा ठूलो राजनीतिक भूकम्प गएको छ।

पार्टीकी प्रभावशाली नेतृ तथा सिम्रौनगढ टेटाकी स्थानीय बासिन्दा ममता शर्माले राजीनामा दिएसँगै रास्वपाका उम्मेदवार गणेश धिमालको चुनावी अभियानमा संकटका बादलहरू देखिएका छन्।

शर्मा मधेश प्रदेशकै राजनीतिमा राम्रो दख्खल राख्ने र बारा-१ का जनतासँग प्रत्यक्ष जोडिएकी नेतृ हुन्। सिम्रौनगढ र टेटा क्षेत्रको स्थानीय भएकै कारण उनले रास्वपाको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

उनको राजीनामाले रास्वपालाई केवल एक जना सदस्यको घाटा मात्र नभई, समग्र ‘स्थानीय पहिचान’ को मुद्दामा ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।

​रास्वपा उम्मेदवार धिमालका लागि शर्माको साथ चुनावी जितको मुख्य आधार मानिएको थियो। स्थानीय स्तरमा प्रभाव राख्ने नेतृले नै साथ छोडेपछि धिमाललाई अब मतदाता फकाउन निकै कठिन हुने देखिएको छ।

यद्यपि ​”मधेशमा बालेन साहको क्रेज देखिनु एउटा पक्ष हो, तर मतदानको समयमा स्थानीय अनुहार र विश्वास खोजिन्छ। ममताको बहिर्गमनले रास्वपाको त्यो विश्वासिलो खम्बा भत्काएको छ।”

​काठमाडौँका मेयर बालेन साहको कार्यशैलीबाट प्रभावित मधेशका युवाहरू रास्वपाप्रति सकारात्मक त छन्, तर पार्टी भित्रको आन्तरिक कलह र स्थानीय नेताहरूको उपेक्षाले त्यो क्रेज मतमा परिणत हुन गाह्रो देखिन्छ।

ममता शर्माको राजीनामाले ‘क्रेज’ ले मात्र चुनाव जितिँदैन भन्ने सन्देश दिएको छ। यदि यो असन्तुष्टिलाई समयमै सम्बोधन गरिएन भने, बारा १ मा रास्वपाका लागि बालेनको लहर पनि फिक्का बन्न सक्ने खतरा बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय