फागुन ८,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी र गण्डकी प्रदेशमा आयोजना गर्न लागेको विशाल जनसम्बोधन कार्यक्रम हालका लागि स्थगित गरेको छ।

पार्टीले विशेष कारण देखाउँदै पूर्वनिर्धारित दुई ठूला कार्यक्रमहरू स्थगित गरेको जानकारी दिएको हो।

रास्वपा सहप्रवक्ता प्रतिभा रावलद्वारा जारी सूचना अनुसार, फागुन ९ गते रूपन्देहीको भैरहवा र फागुन १० गते कास्कीको पोखरामा हुने भनिएको कार्यक्रम तत्कालका लागि रोकिएको छ।

​यी दुवै सभाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

पछिल्लो समय बालेन शाह र रास्वपाबीचको सहकार्य र संयुक्त राजनीतिक अभियानलाई लिएर सर्वत्र चासो बढिरहेका बेला यी सभाहरूलाई निकै महत्वका साथ हेरिएको थियो।

​पार्टीले कार्यक्रम स्थगित हुनुको ठोस कारण भने खुलाएको छैन। जारी सूचनामा “विशेष कारणले हालका लागि स्थगित गरिएको” मात्र उल्लेख छ। अर्को मिति कहिले तय हुन्छ भन्नेबारे पनि पार्टीले पछि जानकारी गराउने जनाएको छ।

रास्वपाभित्र पछिल्लो समय सांगठनिक हेरफेर र आन्तरिक छलफलहरू तीव्र भइरहेका बेला सार्वजनिक सभाहरू स्थगित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय