फागुन १९,चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याक गर्ने प्रयास भएको छ।

आज (मंगलबार) बिहानैदेखि बाह्य व्यक्तिहरूले पेजमा अनाधिकृत पहुँच बनाउने पटक-पटक प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेज ‘लक’ गरिएको छ।

​सभापति लामिछानेको सचिवालयले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

बारम्बारको शंकास्पद आक्रमणपछि फेसबुकको मातृ कम्पनी मेटा ले सुरक्षाको लागि हाललाई पेज लक गरिदिएको सचिवालयले जनाएको छ।

​यदि उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमानी भ्रममा नपर्न सचिवालयले आम जनसमुदायलाई आग्रह गरेको छ।

फेसबुकको सुरक्षा मापदण्ड र प्रक्रिया अनुसार पेजलाई चाँडै नै पुन: सञ्चालनमा ल्याउने पहल भइरहेको छ।

सचिवालयले आधिकारिक सूचनाका लागि पार्टीको वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन अनुरोध गर्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय