चैत्र १,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आज बसेको सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका ५७ जना प्रस्तावित सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।
सचिवालयको निर्णय अनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको छ।
पार्टीले सार्वजनिक गरेको सूची अनुसार खसआर्यतर्फ १७ जना,आदिवासी जनजातीतर्फ १६ जना,मधेशीतर्फ ९ जना,दलिततर्फ ८ जना,थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना छन्।
पार्टीले ५७ जनामध्ये ४८ जना महिलालाई सिफारिस गरेको छ।प्रस्तावित सूचीमा ९ जना पुरुष मात्र समेटिएका छन्।
पार्टीले बुझाएको यो नामावलीलाई निर्वाचन आयोगले प्राप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया र जाँचबुझ सुरु गर्नेछ।
आयोगले सबै मापदण्ड पुगेको सुनिश्चित गरेपछि मात्र निर्वाचित सांसदहरूको अन्तिम नामावली औपचारिक रूपमा प्रकाशित गर्ने सचिवालयले जनाएको छ।



