चैत्र ६, काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने भएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, दलको नेता छान्न मतदान प्रक्रियामा नजाने निर्णय भएको हो।

पार्टीका शीर्ष नेताहरूबीच भएको सघन छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने टुंगो लागेको हो। जसअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।

​”सबै सांसदहरूको भावना र पार्टीको एकतालाई मध्यनजर गर्दै बालेन शाहलाई सर्वसम्मत नेता चयन गर्ने समझदारी बनेको छ,” महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

उक्त सहमतिलाई औपचारिक रूपमा अनुमोदन गर्नका लागि आगामी १२ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरिएको छ। सोही बैठकले संसदीय दलको नेता चयनको निर्णयलाई अन्तिम रूप दिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय