कार्तिक १६,काठमाडौ।जुवा खेलेको आरोपमा पक्राउ परेका कलाकार तथा गायकसहित ९ जना धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ९ जनालाई जनही १५ हजार धरौटीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
गत शनिबार प्रहरी वृत्त सिंहदरबारले काठमाडौं महानगरपालिका-२९ मैतिदेवीमा रहेको ‘डान्स फिभर’ बाट ९ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा भोजपुर घर भएका डान्स फिभरका सञ्चालक कलाकार समेत रहेका ४५ वर्षीय गजित भन्ने गणेश विष्ट, उनका भाइ कोरियोग्राफर नरेन्द्र विष्ट (गम्भीर) थिए।
त्यस्तै गायक चक्र बम, ‘इकु’ पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर, रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका थिए।
उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको थियो।



