कात्तिक १७,निजगढ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले रुपेश स्वर्णकार हत्या सम्बन्धमा दिएका अभिव्यक्ति फिर्ता लिएका छन्। प्रजिअ सापकोटाले एक विज्ञप्ति जारि गर्दैे स्वर्णकार हत्या सम्बन्धी आफुले दिएको अभिव्यक्तिले बारा जिल्लाबासी माथि पर्न गएको दुःख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका छन्।साथै बिज्ञप्तिमा घट्नाबारे कडाईका साथ अनुसन्धान गरी यथार्थ विवरण यथाशक्य चाँडो सार्वजनिक गराईने ब्यहोरा जानकारी गराईन्छ पनि भनिएको छ।
सापकोटाले स्वर्णकारको हत्या उनको आफ्नै आचरणका कारण भएको बताएका थिए । उनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै जिल्लाभरी उनको आलोचना हुन थालेको थियो ।
कार्तिक १३ गते सोमबार कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रिन्सिीपल समेत रहेका रुपेश स्वर्णकारको गोली हानि हत्या गरिएको थियो । प्रहरीले उनको हत्याको योजनाकारसहित संलग्न केहि व्यक्तिहरू पक्राउ गरेपनी मुख्य हत्यारा अझै पक्राउ गर्न सकेको छैन ।
स्वर्णकार परिवारले पनि घटना सम्बन्धमा प्रहरीको अनुसन्धान फितलो भएको र प्रहरीले स्वर्णकारको चरित्र हत्या हुनेगरि प्रतिवेदन सार्वजनिक गरेकोे भन्दै असन्तुष्टि प्रकट गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय