कार्तिक १७,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित शिखरपानीबाट नक्कली पेस्तोल देखाएर धम्काउने गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानिय १९ वर्षीय साजन स्याङ्तान रहेका छन्।
स्याङ्तानले आफू बसोबास गर्दै आएको शिखरपानी भन्ने स्थान वरिपरि प्लास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ परेका स्याङतानलाई ७ दिनको म्याद थपगरी अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए।



