कार्तिक १७,हेटौंडा।मकवानपुर प्रहरीले बेवारीसे अवस्थामा रहेको एउटा पेस्तोल बरामद गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सेल्फी रोडबाट मेड ईन ईङ्गल्याण्ड लेखेको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए।
उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको संयुक्त टोलीले वेवारिसे अवस्थामा बरामद गरेको हो । बरामद पेस्तोलको बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रवक्ता भण्डारीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय