कार्तिक १८,हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवार पाल्पामा गर्ने भनेकोे पार्टी भेला स्थगित गरेको छ । सभापती रबी लामिछानेले भिडीयो सन्देशमार्फत भूकम्पले ठूलो धनजनको क्षती भएको बिषम परिस्थितिमा पार्टीको कार्यक्रम गर्नु शोभनिय नहुने भन्दै भेला स्थगित गरेको बताएका हुन्। साथै सभापती लामिछानेले भोली र पर्सी गुल्मी र अर्घाखाँचीमा तय भएको कार्यक्रम पनी स्थगित हुने संभावना रहेको बताएका छन्।उनले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि सम्पूर्णलाई आग्रह गदै आफूपनी त्यसतर्फ जाने बताएका छन्।
यसैबिच रास्वपाले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको छ । स्वस्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक सामग्री ब्यवस्थापन र अन्य आवश्यक उद्धार संयन्त्रको लागि छलफल भइरहेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।



