कार्तिक १९,हेटौंडा। वाग्मती प्रदेशको राजधानी हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीभित्र पसेर चुरोट सल्काउन खोज्दा जलेर एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ हात्तिलेट बस्ने २६ बर्षीय समित राई छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्यासको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र बसेर चुरोट सल्काउन खोज्दा एक्कासी आगलागी भएको थियो। प्रहरीका अनुसार आगलागीबाट राईको शरीरका बिभिन्न भाग जलेको छ ।
उनको उद्धार गरी हेटौंडा अस्पतालमा ल्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको विर हस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय