कार्तिक २०,हेटौंडा। जाजरकोट भूकम्पबाट मृत्यु हुनेहरूको संख्या घटेको छ । यसअघि भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको मृत्यु भएको भनिए पनि मृतक संख्या १ सय ५३ जना यकिन भएको छ । जाजरकोटको नलगाड नगरपालिकामा घर भएर भेरी नगरपालिका स्थित खलंगा बजारमा मृत्यु भएकाहरूको नाम दोहोरो परेको हुनाले संख्या कम भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु खलङ्गामा भएपनि नलगाड नगरपालिकाले पनि मृतकको सूचीमा उनको नाम राखेको पाइएको प्रहरीले जनाएको छ ।
चार जना मृतकको नाम दोहोरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।



