कार्तिक २०,गुल्मी । गुल्मीमा १५ वर्षिया एक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ स्थित हुग्दी खोला किनारमा बालिका मनिषा रुचालको शव हत्या गरीएको अवस्थामा भेटिएको थियो ।
उनको बलात्कारपछि हत्याको आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको जनाएको छ ।



