कार्तिक २२,काठमाडौँ । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एक हजार स्वयंसेवकबाट एक करोड रुपैँया भन्दा बढीको श्रम गरीने ज्ञवालीले बताएका छन्। स्वयंसेवकहरुले हजारौ अस्थाई आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्ने पनि उनले बताए। स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्ने उल्लेख छ । गत शुक्रबार मध्यराती जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युड्को भूकम्पले जाजरकोट र रुकुम पश्मिमलगायत आसपासका जिल्लामा ठूलो धनजनको क्षती पुर्याएको छ।



