मंसिर २,हेटौंडा। हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार सुजता थापा र उनकी श्रीमान बल थापाको अपहरण भएको छ।

शनिवार राती ४०-४५ जना युवाहरूको समूहले घरबाट अज्ञात स्थलतर्फ लछारपछार गर्दै अपहरण शैलीमा लिएर गएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन्।

महामन्त्री बुर्लाकोटीले तत्कालै हुम्लाका सिडिओलाई जानकारी गराएको र सिडिओलाई यसअघि पनि अरुले सूचना दिएकाले आवश्यक खोजतलास र उद्धारका लागि प्रहरी परिचालन गरेको उल्लेख गरेका छन्।

थापाकी ससुराबुवा सर्केगाड ४ को नेपाली कांग्रेसको सभापति भएको र बुहारीको उम्मेदवारीमा सहमति नरहेकोले कांग्रेसका युवाहरूले लछारपछार गर्दै लिएर गएको तथा थापालाई उम्मेदवारी नदिने तर्फ बल प्रयोग गरी बहकाउने प्रयास भएको जानकारीमा आएको बुर्लाकोटीले जनाएका छन्।

उनले घटनाको बारे गृह मन्त्रालय र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय