पुस ९,कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जिल्ला प्रशासनले पोखरामा दुई महिनादेखी लगाउँदै आएको प्रतिबन्ध हटाउन माग गरेको छ।

रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारी लगायतका पदाधिकारीहरुले मंगलवार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई निषेधित क्षेत्र हटाउन माग राखी ज्ञापनपत्रसमेत बुझाएका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरुलाई समेत मध्येनजर गरि पर्यटन सम्वद्ध संघसंस्थाहरुले निषेधित क्षेत्र हटाउन पहलका लागि रास्वपालाई गरेको आग्रह अनुरुप रास्वपा कास्कीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो।

पत्रमा “सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियालाई पूर्णरुपमा सघाउने पार्टी सचिवालयको पुस २ गतेको निर्णय समेतका आधारमा कात्तिक ३, २०८१ देखि जारी गरिएको निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ।” भनिएको छ।

सरकारले रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते नियन्त्रणमा लिई कात्तिक ३ गते कास्की पुर्याएकै दिन जिल्ला प्रशाासन कार्यालयले पर्यटकीय नगरी पोखराको शहीदचोक लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

लेकसाइड प्रवेशको मुख्यमार्गमा नै दुई महिनाभन्दा बढि समय देखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरुको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय