पुस १२,धनगढी ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लाको भेला सम्पन्न गरेको छ।
प्रदेश कार्यसम्पादन समितिको मंसिर १२ गते बसेको बैठकले प्रदेश भर जिल्ला भेला गर्ने निर्णय गरे अनुसार मंसिर २८ गते कैलाली जिल्लाबाट भेला शुरु गरेको सुदुरपश्चिम प्रदेश कार्यालय,धनगढीले जनाएको छ।
कैलालीमा महेशकुमार चौधरी,दार्चुलामा गोपालसिंह कोट्यारी,बाजुरामा नवराज जैशी,अछाममा ओमप्रकाश रावल,बझाङमा सत्यराज उपाध्याय,डोटीमा केशव बलायर,डंडेलधुरामा ई.सुरेन्द्र अवस्थी,बैतडीमा भीम नाथ र कंचनपुरमा पदमबहादुर विष्ट सभापतिमा चयन भएका छन्।
प्रदेशका सबै जिल्ला भेला सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वका सम्पूर्ण सदस्यहरु, पत्रकार र भेलामा उपस्थित आस्थावान व्यक्तित्वहरूप्रति प्रदेश कार्यसम्पादन समितिले आभार व्यक्त गरेको छ।
जिल्लाका नवगठित कमिटीले संगठनलाई थप सुदृढ बनाउँदै समृद्ध बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको रास्वपा केन्द्रिय कार्यवाहक प्रवक्ता मनिष झाले बताएकाछन्।



