पुस २७,हेटौंडा। शनिवार दिउँसो मकवानपुरको मनहरीमा भएको सवारी दूर्घटनामा फरार भनिएका स्कर्पियो चालक वीरगंजको एक अस्पतालमा फेला परेका छन्।
रौतहटको देवाही गोनाही नगरपालिका-३ का चालक अन्दाजी वर्ष २७ का किशन जैसवाल भन्ने किशनप्रसाद साह घाँटी र छातिमा भित्रि चोट लागि स्पर्श अस्पताल वीरगंजमा उपचार गराईरहेको अवस्थामा फेला पारिएको मकवानपुर प्रहरीले जनाएको छ।

चिकित्सकका अनुसार उनको अवस्था गम्भिर रहेकोले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरि सघन उपचार कक्षमा स्थानीय प्रहरीको निगरानीमा उपचार गराईएको छ।

दूर्घटना पछि दुबै गाडिमा भएका घाईतेहरु भेटिएपनी स्कर्पियो चालक भने फेला नपरेको भन्दै प्रहरीले फरार रहेको जनाएको थियो।

दिउँसो १ बजे मकवानपुरको मनहरी गाउँपालिकास्थित डिपार्ट भन्ने स्थानमा कार र स्कर्पियो एकापसमा ठोक्किएर भएको दूर्घटनामा दुईजनाको ज्यान गैइसकेको छ भने दुई बालिकासहित १२ जना घाईतेहरुको चितवनस्थित अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय