फागुन९,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शुक्रवारदेखि राजनीतिक प्रशिक्षण शुरु गरेको छ।
रास्वपा केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ।
केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा आयोजना भइरहेको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको छ ।
कार्यक्रम आज शुक्रवार र भोलि शनिवार दुई दिन चल्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
शुक्रवार बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्व बारे प्रकाश पारेका थिए।
कार्यक्रममा बोल्दै उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व बिकासमा प्रभावकारी कदम हुने धारणा राखेका थिए।
आगामी योजना क्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला र पालिकासम्म प्राथमिकताका साथ प्रशिक्षण गर्ने तालिका रहेको समेत उपसभापति वाग्लेले बताए।



