फागुन१५,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका वडाका निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई शुक्रवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शपथ ग्रहण गराउने भएको छ।

अधिवेशन सम्पन्न भई शपथ ग्रहण गराउन बाँकी ४१ वटा वडाका २९५ जना निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टी कार्यालयमा शुक्रवार विहान ११ बजे एकैसाथ सपथ ग्रहण गराउन लागेको हो।

रास्वपाले काठमाडौँ जिल्लाका कुल १३८ वडाहरूमध्ये ८१ वटा वडामा अधिवेशन सम्पन्न गरिसकेको छ।

शपथ ग्रहण कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन एवं प्रशिक्षण गर्ने कार्यक्रम रहेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको झाले बताए।

संयुक्त शपथ ग्रहणले पार्टी पंक्तिमा ऊर्जा एवं हौसला प्रदान हुने अपेक्षा राखिएको छ।

रास्वपाले गत फागुन ८ गते बसेको पार्टी सचिवालयको बैठकबाट पालिका अधिवेशन कार्यविधि स्वीकृत गरी पालिका अधिवेशन समेतको प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय