चैत्र१५,काठमाडौ।राजावादी आन्दोलनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
रजक एभिन्यूज टेलिभिजनमा क्यामेरा म्यानका रुपमा कार्यरत थिए।
घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै राजावादी आन्दोलकारीले भवनमा आगजनी गरेका थिए।
उनीसँग आन्दोलनमा रिपोर्टिङमा पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार पारस श्रेष्ठले रजक आगोमा फसेको जानकारी प्रहरीलाई गराउँदा पनि उद्धार नगरेको बताएका छन्।
आन्दाेलनकारीबाट बच्न भित्र पसेका उनकाे भवनको तेस्रो तलामा नचिनिने अवस्थामा शव फेला परेको पत्रकार श्रेष्ठले बताए ।



