असार३,हेटौंडा।हेटौंडा बसपार्कस्थित एक होटलको ३ तला माथिबाट खसेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा-१२ पदमपोखरीका अन्दाजी ३० वर्षिय अमित मोक्तान छन्।
हिजो राती करिब साँढे १० बजे तिर हेटौंडा-१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा काम गर्ने आफ्नी श्रीमती ममता प्रजालाई भेट्न आएका मोक्तान होटलको तेस्रो तलामा रहेको बाहिरी रेलिङबाट एक्कासी भुईँमा खसी सख्त घाईते भएका थिए। उनले मदिरापान गरेका प्रहरीले जनाएको छ।
उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागी भरतपुरस्थित सरकारी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज विहान २ बजेर ८ मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।



