असार२६,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सह-महामन्त्री एवं लुम्विनि प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देहीमा हुने उप-निर्वाचनको सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको छ।

पार्टीको बुधवार बसेको सचिवालय बैठकले आचार्यलाई
रुपन्देही जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो।

यस्तै बैठकले उपनिर्वाचनलाई लक्षित गर्दै “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली” अन्तर्गत उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाएको पनि जनाएको छ।

पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय भएका कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय