असार३०,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञहरुलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनित गरेको छ।

रास्वपाले नेपाल सरकारका पूर्व सचिव ई. देवेन्द्र कार्की, ई. सुशीलचन्द्र तिवारी र ई. मधु भेटुवाललाई आईतवार औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरेको हो।

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय तथा जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका व्यक्ती हुन्।

पार्टीले विभिन्न क्षेत्रका विज्ञ, पूर्व सचिव, पूर्व प्रशासक, पूर्व सुरक्षा अधिकृतहरु एवं राष्ट्रिय र सामाजिक जीवनका ब्यक्तित्वहरुलाई विज्ञ सल्लाहकारको रुपमा मनोनयन गर्ने गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

पार्टीले गैर सदस्यहरुलाई समेत विज्ञताका आधारमा विज्ञ सल्लाहकारमा मनोनय गर्न सक्ने ब्यवस्था गरेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय