साउन६,हेटौंडा।राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको क्षेत्र नम्बर १ कमिटीले रिक्त रहेको पदपूर्तिका लागी ४ जनालाई सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलवार क्षेत्रीय सभापति टाकाराज थापा सुरेशको सभापतित्वमा बसेको बैठकले उपसभापतिमा ई.देवनारायण लामिछाने,तथा सदस्यहरुमा सदिक्षा रेग्मी, निराजन गौतम र प्रवीण गौतमलाई मनोनित गर्न जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।

वागमती प्रदेश कमिटी सदस्य सुनिता राई, जिल्ला उपसभापति प्रकाश गौतम, सचिव सञ्जीव पाठक,सदस्यहरु सरला कार्की सरु र विवेक शर्मा कट्टेल,पालिका सभापतिहरू धुर्वबहादुर बिष्ट र अमर दंगाल लगायत पार्टीका शीर्ष पदाधिकारीहरूको रोहवरमा बसेको बैठकले ४ जनालाई सिफारिस प्रस्ताव गरिएको सभापति थापाले बताए

जिल्ला कमिटीबाट उक्त प्रस्ताव पारित भएपछी क्षेत्रीय कमिटीले पूर्णता पाउनेछ। ७ सदस्यीय हुने कमिटीको उपसभापतिमा सिसम माझी र सदस्यमा होमबहादुर थापा मगर यसअघि मनोनित भैसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय