कार्तिक२१,हेटौंडा।मकवानपुर प्रहरीले यात्रुलाई दु:ख हैरानी दिने यातायात क्षेत्रमा काम गर्ने ४ जनालाई नियन्त्रणमा लिई कार्वाही गरेको छ।
विहिवार विहान पौने ८ बजे हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा आ-आफ्नो गन्तव्यतर्फ जान हिँड्दै गरेका यात्रुहरुको जबर्जस्ती झोला तथा हात तानी यात्रुको ईच्छा विपरित सवारी साधनमा चढाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका-२ बस्ने वर्ष २३का रोहनकुमार भुजेल,हेटौंडा-१० बस्ने बर्ष १९ का सुरजकुमार,हेटौंडा-१ बस्ने बर्ष ३० का सुशान्त तामाङ र हेटौंडा-११ बस्ने बर्ष ३५ का जीवन थोकर छन्।
उनिहरुलाई प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको कसुरमा आवश्यक कारवाही गरिरहेको जनाईएको छ।



