कार्तिक २८, काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सचिवालय सदस्य तथा पूर्व सांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।

उनले कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई शुक्रवार पार्टी परित्याग गरेको पत्र बुझाएका हुन्।
उनि विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतक समेत थिए।

परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनाले पार्टी परित्याग गरेको घोषणा गरेका प्रवक्ता मनिष झाले बताए।

प्रवक्ता झाले परियारको आगामी यात्राको लागि शुभकामना समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय