मंसिर१३,हेटौंडा।मकवानपुरमा एक पुरुषको लडेर मृत्यु भएको छ। कैलाश गाउँपालिका-५ ठोस्ने घरभई थाहा नगरपालिका-४ ठूलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेतीकिसानी गरि बस्ने ४८ वर्षिय मानबहादुर जिम्बा बसिरहेको अवस्थामा एक्कासि लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना हिजो शुक्रवार राती १० बजे भएको भएपनी आज शनिवार दिउँसो १ बजे प्रहरी चौकी सिमभन्ज्याङमा खबर प्राप्त भएको थियो।

खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक कृष्णमोहन प्रसाद गुप्ताको कमाण्डमा टोलि खटि गई घटनास्थल सुरक्षित राखि थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमाण्डमा soco सहितको मुचुल्का टोलि खटिगई मुचुल्का लगायतको कार्य सकि शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी सिमभन्ज्याङबाट अन्दाजी ५ किलोमीटर पूर्व र इलाका प्रहरी कार्यालय पालुङबाट १८ किलोमिटर जति दक्षिण-पूर्वमा पर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय