मंसिर २६,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक उम्मेद्वारी दिने म्याद थप गरेको छ।
विहिवार बसेको पार्टी सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेद्वारी दिने म्याद आगामी पौष ५ गते सम्मलाई थप गरेको हो।यसअघि मंसिर २५ गतेसम्म उम्मेद्वारी दिन रास्वपाले आव्हान गरेको थियो।
बैठकले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको प्राकृतिक आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य एवं एकता र जेन-जी अगुवा र सरकारका बीच भएको सम्झौता’ समेतलाई ध्यानमा राखी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पार्टीको समानुपातिक तर्फको उम्मेदवारी दिने म्याद आगामी पौष ५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
यद्यपि,परिस्थितिजन्य अवस्था र आवश्यकताका आधारमा प्राप्त आवेदनहरूको छनौट प्रक्रिया प्रारम्भ गर्ने लगायत कुनै पनि समय उम्मेद्वारी आवेदन दिने प्रक्रिया बन्द गर्नेतर्फ समेत सचिवालयले ध्यानाकर्षण गराएको छ।



