पुस १९,निजगढ। बाराको निजगढ–७ मा संचालित श्री विद्यासागर इङ्लिस बोर्डिङ स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूले कोचिङ कक्षामा बिना सूचना अनुपस्थित हुँदा तिरेको जरिवाना शुल्कबाट विद्यालयका दुई जना कर्मचारीलाई न्यानो कपडा सहयोग गरेका हुन्।
विद्यालयका ती कर्मचारीहरू नर्सरी कक्षादेखि हालसम्म निरन्तर बिहानदेखि बेलुकासम्म विद्यालयमा खटिँदै आएका व्यक्तिहरू हुन्। उनीहरूको लामो समयदेखिको सेवा, मेहनत र समर्पणको कदरस्वरूप विद्यार्थीहरूले चिनोका रूपमा न्यानो कपडा प्रदान गरेका जनाइएको छ।

विद्यार्थीहरूको यस कार्यले अनुशासनसँगै सामाजिक चेतना, सम्मान र मानवीय संवेदनशीलता झल्काएको भन्दै विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूले प्रशंसा गरेका छन्।




