माघ १३,हेटौंडा। क्युवानिज इन्टरनेशनल , क्युवानिज क्लब अफ हेटौंडा नेपाल , हेटौंडा मोडेल अस्पताल प्रा. ली. को संयुक्त प्रायोजनमा बिद्ध्यार्थीहरुलाइ दिवा खानाको लागि खाद्यान्न सहयोग गरिएको छ ।

हेटौंडा उपमहानगर पालिका १९ नम्बर वडाको बिगट गाउँ लेकपानी स्थित जीवनज्योती आधारभूत बिद्ध्यालयका बिद्ध्यार्थीहरुको भोकको कारणले पठनपाठनमा बाधा नहोस् भन्ने उद्ध्येश्यले उक्त संस्थाहरुले बिगत २ वर्षदेखि खाद्यान्न , बिद्यालय पोशाक , बिद्यालय ब्याग सहयोग गर्दै आएको संस्थाका प्रतिनिधि कमलचन्द्र सुमनले जानकारी दिए ।

अति बिगट गाउँ र विपन्न परिवारका बालबालिकाहरु गरिबीका कारण भोकै स्कुल आउन बाध्य छन् । कयौं बालबालिकाका अभिभावकहरु गरिबीका कारण वैदेशिक रोजगारको लागि भन्दै बिदेशीन बाध्य भएकोले घरमा बृद्धअवस्थाका हजुरबुबा – हजुरआमा छन् ।

उनिहरुको रेखदेखमा बालबालिकाहरु हुर्की रहेका छन् , अर्को समस्या चरम अभाव गरिबीका कारणपनी लालनपालनमा समस्या भएकोले स्कुलमै दिवा खानाको ब्यवस्था गरिदै आएको सुमनले बताए ।

हुनत सरकारले सरकारी बिद्यालयका बिद्ध्यार्थीहरुको लागि दिवा खाजाको ब्यवस्था स्कुलमै गरेको छ । सरकारले खाजाको लागि प्रती बालक १५ रुपैयाँका दरले दैनिक ब्यवस्था गरेको भएतापनी त्यो पर्याप्त नभएको बिद्ध्यालयले जनाएको छ ।

यसैकुरालाइ मध्यनजर गर्दै संस्थाहरुले माघ ९ गते बिद्ध्यालयमा पुगि ३० बोरा चामल बितरण गरेको थियो ।

खाद्यान्न बितरण कार्यक्रममा संस्थाका प्रतिनिधि कमलचन्द्र सुमन , रत्नदेव बज्राचार्य , गङ्गा पौडेल ( पुरुष ) , हीमा बिडारी बिद्ध्यालयका प्र.अ. लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय